शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • जीपको ठक्करबाट बालिकाको मृत्यु

जीपको ठक्करबाट बालिकाको मृत्यु

  • सोमवार, माघ ५, २०७७
जीपको ठक्करबाट बालिकाको मृत्यु

 जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। आइतबार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ वर्षीया सुस्मिता सार्कीको जीपको ठक्करबाट मृत्यु भएको हो।

धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जीपको ठक्करबाट घाइते भएकी बालिकाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार