शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • जी न्युजको रिपोर्टबारे सरकार मौन बस्नु रहस्यमय : माले

जी न्युजको रिपोर्टबारे सरकार मौन बस्नु रहस्यमय : माले

  • बिहिबार, माघ १, २०७७
जी न्युजको रिपोर्टबारे सरकार मौन बस्नु रहस्यमय : माले

भारतीय टेलिभिजन जी न्युजले हालै प्रसारण गरेको सगरमाथा सम्बन्धी रिपोर्टको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी-लेलिनवादी (माले)ले आपत्ति जनाएको छ ।

बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथा आधार शिविरमै पुगेर सगरमाथालाई ‘माउन्ट सिकदर’ नाम दिनु पर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नु पर्ने भन्दै रिपोर्ट बजाएका थिए ।

नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट भएको अनर्गल प्रचारको मालेले कडा विरोध गरेको हो ।

मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गर्दै राष्ट्रियताको यस्तो संवेदनशील विषयमा सरकार मौन रहेकोप्रति प्रश्नसमेत गरेका छन् । यस विषयमा सरकारले भारत सरकार समक्ष आपत्ति जनाउँदै ध्यानाकर्षण गराउन माग गरेका छन् ।

‘राष्ट्रियता सम्बन्धि यस्तो संवेदनशील बिषयमा नेपाल सरकारको मौनता रहस्यपूर्ण छ । हामी नेपाल सरकारले भारत सरकार समक्ष उपरोक्त बिषयबारे गम्भीर आपत्ति जनाउँदै त्यसले आफ्ना सञ्चार- माध्यमलाई सही मार्गदर्शन गरोस भनी त्यसको ध्यानाकर्षण गर्न जोडदार माग गर्दछौं,’ नेकपा मालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार