शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नेपाली काँग्रेसका जिल्ला कार्य समिति बाजुराका सदस्य बमको ब्रेन ह्यामरेजका कारण मृत्यु

नेपाली काँग्रेसका जिल्ला कार्य समिति बाजुराका सदस्य बमको ब्रेन ह्यामरेजका कारण मृत्यु

  • आइतवार, पुस २६, २०७७
नेपाली काँग्रेसका जिल्ला कार्य समिति बाजुराका सदस्य बमको ब्रेन ह्यामरेजका कारण मृत्यु

कालिका उपाध्याय — नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं कको विरोध प्रर्दशन कार्यक्रममा सहभागि भएका नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदश्य चर्तुर बहादुर बमको मृत्युभएको छ । देशै भरि विरोध प्रर्दशन गर्ने कार्यक्रम अन्र्तगत बाजुराको बुढीनन्दा नगरपालिकामा कार्यक्रम हुदै गर्दा एक्कासी ढलेका बमको स्वास्थ्य संस्था पुर्याउदा पुर्याउदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ का ६० बर्षिय बमको ब्रेन ह्यामरेजका मृत्यु भएको हुन सक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन । मृतक बम स्थानिय तहको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ को वडाध्यक्षको प्रत्यासी समेत रहेका थिए। मृतक बमका तीन छोरी र दुई छोरा रहेका छन ।

शनिबार कार्यक्रममा सहभागि भैरहेको समयमा बमको निधन प्रति नेपाली काँग्रेस बाजुराले दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डिले नेपाली काँग्रेसले एक जना असल नेता गुमाएको प्रतिक्रिया दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार