शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जीवन बीमा सम्बन्धी आधारभुत तालिम संचालन

जीवन बीमा सम्बन्धी आधारभुत तालिम संचालन

  • शनिबार, पुस २५, २०७७
जीवन बीमा सम्बन्धी आधारभुत तालिम संचालन

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जीवन बीमा सम्बन्धी १ दिने आधारभुत तालिमको आयोजना गरेको छ । नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाको आयोजनामा सो तालीमको आयोजना गरिएको हो ।
बीमा अभिकर्ताहरुलाई बीमा सम्बन्धी नयाँ नीयम र योजनाहरुको बिषयमा तालिम दिएको नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख नर बहादुर रोकायाले बताएका छन । नयाँ अभिकर्ताहरुलाई नयाँ तालिम र पुराना अभिकर्ताहरुलाई पुन ताजकिय बनाउन सो तालिमको आयोजना गरिएको शाखा का प्रमुख नर बहादुर रोकायाले बताए ।
तालिममा जिल्लाभरीका ३५ जना भन्दा बढि बीमा अभिकर्ताहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखा प्रमुख दिपक बहादुर खड्का, हेमराज जोशीले गरेका थिए ।
नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख नर बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा अतिथिको रुपमा अछाम शाखा प्रमुख दिपक बहादुर खड्का ब्रन्च अफिसर हेमराज जोशी र बेन्च अफिसर जिवन बुढा रहेका थिए भने कार्यक्रमको संचालन निरज अएडीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार