शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • एक युवकले गरे संस्थाको बिधानको दुरुपयोग ( बिज्ञप्ती सहित )

एक युवकले गरे संस्थाको बिधानको दुरुपयोग ( बिज्ञप्ती सहित )

  • शुक्रबार, पुस २४, २०७७
एक युवकले गरे संस्थाको बिधानको दुरुपयोग ( बिज्ञप्ती सहित )

बाजुरा — काठमाण्डौको एक संस्थाको बिधान दुरुपयोग भएको पाइएको छ । हाम्रो सुनिश्चित भबिस्य नेपाल नामक गैरसकारी संस्थाको बिधान दुरपयोग भएको पाइएको छ । काठमाण्डौमा दर्ता भएको कलंकी स्थित सो संस्थाको बिधानको दुरुपयोग भएको सस्थाकी अध्यक्ष सञ्जु सुबेदीले बताएकी छन । सस्थाले एक बिज्ञप्ती प्रकाशन गरि दुरुपयोग भएको अध्यक्ष सुबेदीको हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ बिगत २ बर्षदखी सामाजिक क्षेत्रमा काम गर्न सफल हाम्रो सुनिश्चित भबिस्य नेपाल नामक संस्थाको मिल्दो जुल्दो नाममा नयाँ दर्ता नम्मर राखेर कृतर्े कागज बनाई संस्थाको दुरुपयोग गरिदिएको जनाएको छ । संस्थाको नाम र ब्राण्ड दुरुपयोग गर्ने उदेस्यका साथ तेह्रथुम जिल्ला फेताम गाउँपालिका वडा न ३ स्थाई घर भई हाल ९ महिनादेखी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा न ७ बस्दै आएका बर्ष ५३ का ईस्वर प्रशाद देवकोटा (किशोर कार्की) भन्ने ब्यक्तीले म हाम्रो सुनिश्चित भबिस्य नेपाल नामक संस्थाको कर्मचारी भन्दै कार्य गरेको पाइएको र सस्थाको पहिलो पृष्टको माथी ३१७० दर्ता नम्मर राखेर संस्थाको बिधान समेत दुरुपयोग गरेको पाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/01/hamru-df.pdf

 

चर्चामा

सम्बन्धित समाचार