बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • स्वागतमा नगएका मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी पठाए

स्वागतमा नगएका मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी पठाए

  • शुक्रबार, पुस २४, २०७७
स्वागतमा नगएका मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी पठाए

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा नगएका सुदूरपश्चिमका मुख्यमन्त्रीले गाडी भने पठाएका छन्। नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले गाडी पठाएका हुन्।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्रीका लागि गाडीको व्यवस्थापन गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रधानमन्त्रीका लागि प्रदेश सरकारले नै गाडी व्यवस्थापन गरेको बताए। नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा रहेका मुख्यमन्त्री भट्ट र प्रदेश सरकारका मन्त्रीहरु भने प्रधानमन्त्रीको स्वागतमा गएनन्।

प्रधानमन्त्री पार्टीको एउटा गुटको भेलामा सहभागि हुन धनगढी आएकाले स्वागतमा नगएको उनीहरुले प्रतिक्रिया दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार