• होमपेज
  • समाज
  • धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

  • सोमवार, पुस १३, २०७७
धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

धनगढी– धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जना पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले विहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीद्वारा यसवारे आधिकारिक पुुष्टि हुुन भने बाँकी छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।

यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। तर मुख्ययोजनाकार भनिएका एक जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार