शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा माधव प्रचण्ड समुहको चियापान कार्यक्रम मार्तडीमा सम्पन्न

नेकपा माधव प्रचण्ड समुहको चियापान कार्यक्रम मार्तडीमा सम्पन्न

  • शुक्रबार, पुस १०, २०७७
नेकपा माधव प्रचण्ड समुहको चियापान कार्यक्रम मार्तडीमा सम्पन्न

बाजुरा — नेपालको पछिल्लो राजनितीमा नेकपा अध्यक्ष तथा प्रधान मन्त्री केपी वलीले गरेको असमंबैधानिक कदमको बिरोध पछि बाजुरामा पनी बिभिन्न गतिबिधि सूरु भएका छन । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको चुनवा सकिए पछि सुनसान भएको अबस्थामा फेरी राजनितिक गतिबिधी सुरु भएका छन ।
त्यसै क्रममा नेकपा माधव नेपाल र पुष्पकमल दाहल पक्षले पनी आफ्नो भेला सदरमुकाम मार्तडीमा सम्पन्न गरेको छ । नेकपा नेता गगन रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमा जिल्ला स्थित पार्टीका नेता तथा कार्यक्रताहरुको सहभागीतामा सो भेला सम्पन्न भएको छ ।
सदरमुकाम मार्तडीमा आयोजित चियापान कार्यक्रममा गरिएको समिक्षामा केपी ओली देशको संबिधानलाई लात हानेर जनतालाई दुख दिने नियत गरेको बताएका छन । नेताहरुले बोल्ने क्रममा नेता गगन रावल कमल कुमारी शाह महेश शाही बिनिता बिक पुर बहादुर रावत लगायतका नेताले देशको प्रधान मन्त्री र राष्ट्रपतिबाटै देशको सार्भभमता माथी प्रहार गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार