आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • मानव बेचबिखन आरोपमा महिला पक्राउ

मानव बेचबिखन आरोपमा महिला पक्राउ

  • सोमवार, मंसिर २९, २०७७
मानव बेचबिखन आरोपमा महिला पक्राउ

काठमाडौं : मानव बेचबिखन अनुसन्धान ब्यूरोले गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याइ मानव बेचबिखनमा संलग्न एक महिलालाई आइतबार प्रक्राउ गरेको छ ।
अफ्रिका पठाइदिने भन्दै पाँच जनालाई बेचबिखन गरी फरार सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट घर भएकी काठमाडौँ महानगरपालिका वडा नं.७ कुमारीगाल बस्ने ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार पक्राउ परेकी हुन् । यसअघि ब्यूरोले मंसिर १६ गते ताप्लेजुङ मिरिङदेङ गाउँपालिकाका ४३ वर्षीय गशेणकुमार लोंवालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले बताए ।

काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भइ लोंवाको थप अनुसन्धान कार्य जारी रहेकोमा उक्त मुद्दामा फरार रहेका प्रतिवादीमध्येकी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा ब्यूरोले पक्राउ गरेको हो ।

अभियुक्तहरुले माछाको फ्याक्ट्रीमा काम लगाइदिने भन्दै पीडितबाट ५ लाख भन्दा बढी असुलेको पाइएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मूलुक(दुवई र कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्‍याइएको पीडितको आरोप छ । शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको पीडितले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार