बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • डोटीमा भएको फुटवलमा बाजुराको रानीबन फाइनलमा

डोटीमा भएको फुटवलमा बाजुराको रानीबन फाइनलमा

  • शनिबार, मंसिर २०, २०७७
डोटीमा भएको फुटवलमा बाजुराको रानीबन फाइनलमा

बाजुरा — डोटी जिल्लाको बुडरमा भइरेको फुटवल प्रतियाेगितामा बाजुरा जिल्लाको रानीबन स्र्पोट क्लव फाइनलमा पुगेको छ । मसिंर १६ गते देखी सुरु भएको खेलमा ११ ओटा टिमको सहभागीता रहेको खेलमा आज सेमी फाइनल सकिएको रानीवन स्र्पोट युथ क्लव फाइनलमा पुगेको छ ।
जोराइल गाउँपालिका डोटीको आयोजनामा संचालनमा भएको फुटवल प्रतियोगीतामा फाइनलमा पुगेको रानीबन स्र्पोट युथ क्लवका सदस्य लक्ष्मण रोकायाले बडिमालिका खवरलाइ जानकारी दिएका छन ।
भोली आइतबार हुने फाइनले खेलमा प्रथमका लागि रानीबन स्र्पोट युथ क्लव र मुसरीय फुटवल क्लव बिच प्रतिस्पर्दा हुने भएको छ । साे खेलमा प्रथम हुने टिमले ५१ हजार पुरस्कार र मेडल पाउने अायाेजकले जनाएकाे छ ।  रानिबन स्र्पोट युथ क्लव बाजुरा जिल्लामा राम्रा खेलाडी उत्पादन तथा जिल्लामा भएका खेलहरुमा पनी बिजयी प्राप्त गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार