शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • रौतहट गोली काण्ड : अमृताको हत्यामा संलग्न फरार पाँच जना पक्राउ

रौतहट गोली काण्ड : अमृताको हत्यामा संलग्न फरार पाँच जना पक्राउ

  • शनिबार, मंसिर १३, २०७७
रौतहट गोली काण्ड : अमृताको हत्यामा संलग्न फरार पाँच जना पक्राउ

प्रहरीले रौतहट माधव नारायण नगरपालिका-५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । अमृताको गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको थियो । रौतहट प्रहरीका अनुसार गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

अमृतामाथि अज्ञात समूहले गोली हानेर फरार भएको थियो । घटनाको १५ दिनपछि अमृताको हत्यामा सम्लग्न व्यक्तिहरु शुक्रबार राति विभिन्न स्थानबाट पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार