बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

  • शनिबार, मंसिर १३, २०७७
थप १९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

 नेपालमा कोरोना एकै दिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। गत २४ घण्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १९ हजार ८ सय २८ पुगेको छ। हाल ६ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार