शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश गौरवका सडक निर्माणको काम २ वर्षपछि अघि बढ्यो

सुदूरपश्चिम प्रदेश गौरवका सडक निर्माणको काम २ वर्षपछि अघि बढ्यो

  • शनिबार, मंसिर १३, २०७७
सुदूरपश्चिम प्रदेश गौरवका सडक निर्माणको काम २ वर्षपछि अघि बढ्यो

कैलालीलाई डोटीको ठुलीगाडसँग जोड्ने भजनी–छोटी भन्सार ठुलीगाड सडकलाई सुदूरपश्चिम सरकारले प्रदेश गौरवको सडकको रुपमा राखेको थियो।

२०७५ सालको फागुन १ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रदेश गौरवको योजनामा छनौट भएको सो सडक खण्डको काम झण्डै २ वर्षसम्म सुरु हुन सकेको थिएन।

गत असारमा ठेक्का सम्झौता भएपछि भने अहिले सो सडकको निर्माण कार्य अगाडी बढेको छ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले केएस.केडी मणिलेक जोइनभेन्चरसँग सम्झौता भएपछि पश्चात गत साउनदेखि सडक निर्माणको काम सुरु भएको जानकारी दिए।

उनका अनुसार अगामी ३० महिना भित्र काम सम्पन्न गर्नेगरी ७ करोडमा ठेक्का दिइएको हो। ठेक्का अनुसार निर्माण व्यवसायीले प्रदेश गौरवको उक्त सडकमा कालोपत्रे, नाली निर्माण, आवश्यक परेको ठाउँमा नाली कभर गर्नुपर्ने पूर्वाधार कार्यालयका प्रमुख खड्काले बताए।

निर्माण व्यवसायीलाई ३ महिनाको समय दिएर निर्माण थालिएकोमा कतिपय स्थानीय तहमा नदीजन्य वस्तुको उत्खखन् नहुँदा काम केही प्रभावित हुन पुगेको बताइएको छ।

निर्माण सामाग्री अभाव सम्बन्धिको समस्या हल भए तिव्रता दिएर निर्धारित समयमै सम्पन्न गर्नेरी कामलाई गति दिइने खड्काले जनाए।

यस्तै डोटी र डडेल्धुराका प्रदेश गौरवका सडक हेर्दै आएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले समेत निर्माणको काम अगाडी बढेको जनाएको छ। अघिल्लो वर्षमा ढिलोगरी सम्झौता हुँदा कुनै काम नभएपनि साउनदेखि नै निर्माणलाई गति दिइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए।

डोटीको सहजपुर बोकटान दिपायल सडक र डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ।

दुवै सडकका लागि १०÷१० करोड बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालयले जनाएको छ।

कञ्चनपुर, बैतडी, दार्चुला लगायतका जिल्लामा छनौट भएका प्रदेश गौरवका सडकको समेत गत वर्ष नै ठेक्का सम्झौता भई काम अगाडी बढेको बताइएको छ ।

कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल साईपाल सडक र दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडक पनि गौरवको योजनामा राखिएका सडक हुन्।

यस्तै अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडकलाई पनि प्रदेश सरकारको गौरवको योजामा राखिएको छ।

करिब २ वर्षअघि ९ जिल्लामै घोषणा भएका प्रदेश गौरवका सडक योजनाका लागि गत वर्ष ५÷५ करोडका दरले सरकारले बजेट विनियोजन गरेको थियो।

चालु आर्थिक वर्षमा समेत ९ वटै सडकका लागि ४२ करोड बजेट विनीयोजन गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। यी सडक निर्माण भए एक जिल्लाबाट अर्को जिल्लासम्म सहज सडक पहुँच हुने विश्वास गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार