शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • २५ वर्षीय युवक मृत अबस्थामा फेला

२५ वर्षीय युवक मृत अबस्थामा फेला

  • शुक्रबार, मंसिर १२, २०७७
२५ वर्षीय युवक मृत अबस्थामा फेला

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईँ मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ ।

“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ ।”

चर्चामा

सम्बन्धित समाचार