बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • वडाध्यक्षसहित पाँच जनाविरूद्ध पक्राउ पुर्जी जारी

वडाध्यक्षसहित पाँच जनाविरूद्ध पक्राउ पुर्जी जारी

  • शुक्रबार, मंसिर १२, २०७७
वडाध्यक्षसहित पाँच जनाविरूद्ध पक्राउ पुर्जी जारी

कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ।

बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नम्बर ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन्।अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर कीर्तेे नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।
(रासस)

चर्चामा

सम्बन्धित समाचार