शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

  • मङ्लबार, मंसिर ९, २०७७
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो ।

आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो ।

उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अप्नाउन समेत उनले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार