शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३३७ पुग्यो

२४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३३७ पुग्यो

  • सोमवार, मंसिर ८, २०७७
२४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३३७ पुग्यो

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।  सोही अवधीमा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ४३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख २ हजार ६७ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार