बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • गाई गोठभित्र साँङलोले बाँधेर राखिएका चन्दको बैतडीबाट उद्धार

गाई गोठभित्र साँङलोले बाँधेर राखिएका चन्दको बैतडीबाट उद्धार

  • आइतवार, मंसिर ७, २०७७
गाई गोठभित्र साँङलोले बाँधेर राखिएका चन्दको बैतडीबाट उद्धार

धनगढी: विगत ११ वर्षदेखि मानसिक सन्तुलन गुमाएर अलपत्र परेका एक मनोरोगीको बैतडीबाट उद्धार गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ मटेलाबाट उद्धार गरी उनलाई धनगढीको मानव सेवा आश्रममा ल्याइएको छ ।

चन्दलाई गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा सदस्य सेतु चन्दको उपस्थितिमा आश्रमका अभिभावक सिद्धराज पनेरु र संयोजक आदर्श ढकालले शनिबार उद्धार गरी धनगढी ल्याएका हुन । ‘गाई गोठभित्र साँङलोले बाँधेर राखिएको अवस्थाबाट हामीले उद्धार गरेर हिजो मात्रै आश्रमा पुगाएका छौ’ पनेरुले भने ।

उनलाई धनगढी पुर्याउन गाडीको व्यवस्थापन गाउँपालिकाले गरेको आश्रमले जनाएको छ । अब आश्रमले चन्दलाई छिट्टै तन्दरुस्त बनाएर परिवारसँग पुर्नरमिलन गराउने विश्वास लिएको छ ।

चन्दसहित अब मानवसेवा आश्रम कैलाली शाखामा आश्रय लिनेको संख्या ३७ पुगेको छ । जसमध्ये ३ जना बालबालिका, १७ जना महिला र बाँकी १७ जना पुरुष रहेको मावव सेवा आश्रम कैलालीका जिल्ला संयोजक अच्युत घिमिरेले बताए ।

आश्रममा आउने असाहयलाई नियमित मानसिक रोग सम्बन्धी चिकित्सकबाट उपचार गराइरहेको उनले बताए। ‘महिनामा एकपटक चिकित्सकलाई बोलाएर सबैको चेकजाँच गर्नेगरेका छौ र उहाँले भनेअनुसार नै मनोरोगीलाई औषधि दिने गरेका छौ’ उनले भने, ‘औषधिभन्दा  पनि आश्रममा पाउने माया र प्रेमले मनोरोगीहरु छिट्टै ठिक हुने गरेका छन् ।’

२०६९ सालमा मकवानपुरको हेटौँडाबाट सुरु गरिएको मानव सेवा आश्रमका अहिले ७ वटै प्रदेशमा २१ शाखा रहेका छन् । अहिले देशभरीका शाखामा करिब ११ सय जनाले आश्रय लिइरहेको बताइएको छ । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार