शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

  • आइतवार, मंसिर ७, २०७७
शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

धनगढी– शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा तालाबन्दी गरिएको छ । शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले आइतबार शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी गरेका हुन् ।

देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिकसत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो । तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए ।

यसअघि आफूहरूले स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा मन्त्रीलाईलाई उक्त विषयमा ध्यानाकर्षण पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएकोसमेत उनल बताए ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्द भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम ८ महिनासम्म निकासा नगरेको उनीहरुको भनाई छ ।

आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने, अनुदानका कार्यरत शिक्षकलाई निरन्तरता दिइनुपर्ने र तलबभत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने शिक्षकहरुको माग छ । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार