बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा १ महिनामा ५६ सवारी दुर्घटना, २८ जनाको मृत्यु

सुदूरपश्चिममा १ महिनामा ५६ सवारी दुर्घटना, २८ जनाको मृत्यु

  • बुधबार, मंसिर ३, २०७७
सुदूरपश्चिममा १ महिनामा ५६ सवारी दुर्घटना, २८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारको अवधिमा ५६ वटा सवारी दुर्घटना घटेका छन् । दुर्घटनामा २८ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते मध्ये ७८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दशैको अवधि अर्थात कार्तिक १ गतेदेखि कार्तिक मसान्तसम्म ५४ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परि १९ पुरुष, ६ महिला र २ बालबालिका गरि २७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै ५४ पुरुष, २१ महिला र ३ बालक गरि ७८ जना घाइते भएका छन् ।

तिहारको अवधीमा २ वटा सवारी साधनहरु दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

यसैबीच ३ सवारी साधन र २ सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सबैभन्दा बढी सवारी दुुर्घटना हुने साधन मोटरसाइकल रहेको छ । भने सुदूरपश्चिमको कैलालमिा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार