शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

  • मङ्लबार, मंसिर २, २०७७
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार