मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीका पत्रकार देवलको मृत्यु

डोटीका पत्रकार देवलको मृत्यु

  • मङ्लबार, मंसिर २, २०७७
डोटीका पत्रकार देवलको मृत्यु

डोटी : दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको आज मृत्यु भएको उनको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य  देवल पछिल्लो समय कैलालीबाट प्रकाशन हुँदै आएको ‘मर्निङबेल’ दैनिकमा डोटीका लागि तथा जिल्लाबाट प्रकाशन भइरहेको ‘नजर’ साप्ताहिकका संवाददाता थिए । #रासस

चर्चामा

सम्बन्धित समाचार