बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २३० पुग्यो

२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २३० पुग्यो

  • सोमवार, मंसिर १, २०७७
२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २३० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।  सोही अवधीमा १ हजार १९७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ९३४ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । हालसम्म संक्रमित मध्ये १ लाख ७६ हजार ३६४ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार