मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा परालको टौवामा आगलागी

कञ्चनपुरमा परालको टौवामा आगलागी

  • आइतवार, कार्तिक ३०, २०७७
कञ्चनपुरमा परालको टौवामा आगलागी

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ का एक स्थानीयको परालको टौवामा आगलागी भएको छ ।

शनिबार दिउँसो करिव साढे ४ बजेतिरको समयमा परालको टौवामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

स्थानीय धनसिंह महराको ३ विगाहा जमिनमा लगाईएको परालमा आगलागी भएको उनले जनाए ।

अन्दाजी २५ हजार मूल्य बराबरको पराल जलेर नष्ट भएको र आगलागी के कति कारणले भएको हो, सो बारे भने नखुलेको प्रहरी प्रवक्ता थापाले बताएका छन् ।

प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको उनले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार