बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

  • शुक्रबार, कार्तिक २८, २०७७
सेयर गर्नुहोस् :
थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन्।

नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० पुगेको छ। हाल ९ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार