शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

  • शुक्रबार, कार्तिक २८, २०७७
आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार