शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बैतडी बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो (पूर्ण विवरणसहित)

बैतडी बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो (पूर्ण विवरणसहित)

  • शुक्रबार, कार्तिक २८, २०७७
बैतडी बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो (पूर्ण विवरणसहित)

बैतडीको खोडपेमा विहिबार राति भएको बस दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेहरुको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।

 

सुदूरपश्चिम प्रदेश

जिल्ला प्रहरी कार्यालय बैतडी मातहत प्रहरी चौकी खोडपे  बैतडी

बिषय- बस दुर्घटना सम्बन्धी टिपोर्ट ।

         आज मिति २०७७।०७।२७ गते २२:०० बजेको समयमा जिल्ला बैतडी पाटन न.पा. ८ खोडपे नजिक गन्ना बैतडीबाट महेन्द्रनगर तर्फ जादै गरेको ना.५ ख. ५१४१ नम्बरको बस रोडबाट एक्कासी ५००/६०० मिटर तल खस्न गएको भनि खबर प्राप्त हुना साथ यस चौकीबाट प्र.स.नि. दशरथ भट्टराईको कमाण्डमा ७ जना र ई.प्र.का. पाटन बैतडीबाट प्र.नि. धनदेव साउदको कमाण्डमा १० जनाको टोली खटी गएको, उद्धार कार्य भई रहेको, थप बिबरण आउन बाकी, उक्त स्थान अं. १ कि.मि. पश्चिम पर्ने, बि.बि. पछि ।

जि.प्र.का. बैतडीबाट थप उद्धारको लागि प्र.ना.उ. नारायण प्रसाद अधिकारीको कमाण्डमा ११ जनाको टोली खटी गएको ।

थप बिबरण:-  २९ जना घाईतेहरुको घटनास्थलबाट उद्धार गरी उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको, थप बि.बि. पछि ।

थप बिबरण :- १४ जना घाईते थप गरी जम्मा ४३ जना (चालक र सह-चालक समेत) उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको र घटनास्थलमा १ महिला ७ पुरुष गरी जम्मा ८ जना मृतकको उद्धार कार्य भई रहेको ।

                                                           निम्न घाईते

  • जिल्ला बैतडी दोगडाकेदार गा.पा. ७ बस्ने बर्ष २८ को बिरेन्द्र कार्की -टाउकोमा चोट (चालक/शाहु)तु
  • जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ बस्ने बर्ष २४ की बिमला कुवर -टाउकोमा चोट
  • निजकै छोरा बर्ष २ को नितेश कुवर -टाउकोमा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. ६ बस्ने बर्ष २४ की दिपा चन्द – टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार बस्ने बर्ष २२ की बिमला बडु (जोशी) हात-खुट्टामा चोट
  • निजकै छोरा बर्ष २ को सुशांक जोशी- टाउकोमा चोट
  • जिल्ला बैतडी डिलासैनी १ बस्ने बर्ष २० को जनक धानुक -कम्मर,खुट्टामा चोट
  • जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने धन सिह खत्री मुख-खुट्टामा चोट
  • जिल्ला दार्चुला मर्मा गा.पा. २ बस्ने बर्ष २४ की जानकी सिह कम्मर-टाउकोमा चोट
  • जिल्ला बैतडी डिलासैसी ४ बस्ने बर्ष ३३को लोकेन्द्र बोहरा- टाउकोमा चोट
  • जिल्ला अछाम चौरपाटी ४ बस्ने बर्ष २९ को अमृत कुमाल टाउको-छातिमा चोट
  • जिल्ला कैलाली गौरीगंगा न.पा. ११ बस्ने बर्ष २५ को बिरेन्द्र चौधरी खुट्टा, टाउकोमा चोट
  • जिल्ला कैलाली फुलबारी बस्ने बर्ष २३ को लोकेन्द्र बस्नेत-कम्मर,छाति, खुट्टामा चोट
  • जिल्ला बैतडी पुर्चौडी न.पा. बस्ने बर्ष २५ को सुरज लुहार -कम्मर,हात खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. २ बस्ने बर्ष २५ को दशरथ गिरी -कम्मर,खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर शु.न.पा. ६ बस्ने बर्ष ६५ की नरमा देबी धामी – कम्मर,टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २७ को अमृत बि.क. – टाउको,मुखमा चोट
  • जिल्ला कञ्चनपुर शु.न.पा ६ बस्ने बर्ष ५५ को हर्क बहादुर धामी – कम्मर,टाउकोमा चोट
  • जिल्ला दार्चुला सिप्टी ४ बस्ने पुरन टमटा – टाउकोमा चोट
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष १९ को अजी लामा – टाउकोमा चोट
  • जिल्ला कैलाली  फुलबारी १८ बस्ने बर्ष ३५ को दिनेश चौधरी – हात खुट्टामा चोट
  • ऐ.ऐ बस्ने बर्ष २२ को बिसाल घर्ति मगर दुबै खुट्टा काटिएको
  • जिल्ला काठमाण्डौ गोकर्णेश्वर ४ बस्ने बर्ष २२ को कर्ण बहादुर बिष्ट -कम्मर टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २२ को नितेश भट्ट – टाउकोमा चोट
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष २२ की अस्मिता बिष्ट – हात,खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. १ बस्ने वर्ष ३५ नरेश पन्त – दुबै खुट्टामा चोट
  • जिल्ला दार्चुला लेकम २ बस्ने बर्ष ५९ को बलदेब सिह कार्की – खुट्टामा चोट
  • जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को यज्ञ राज कठायत
  • जिल्ला कञ्चनपुर बेलडाडी ३ बस्ने बर्ष २२ को नरेन्द्र सिह साउद – खुट्टामा चोट
  • जिल्ला कंचनपुर भि.न.पा. ८ बस्ने वर्ष ३० कि कल्पना कार्की – मुखमा चोट
  • ऐ.ऐ. बस्ने वर्ष ६ को कौशल साउद – हातमा चोट
  • जिल्ला कैलाली गोदावरी न.पा. ३ बस्ने बेद प्रकाश धामी – टाउकोमा चोट
  •          जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने वर्ष २७ को रमेश खत्री
  • जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष ३ कि सिम्रन सिंह

मृतक :-

  • जिल्ला कञ्चनपुर भि.न.पा. ८ तिलाचौर बस्ने बर्ष १५ की कृतिका कार्की डडेल्धुरा अस्पताल       डडेल्धुरामा उपचारको क्रममा मृत्यु ।

थप बिबरण :- ०७:०० बजे १ महिला र ६ पुरुषको लाश  जिल्ला अस्पतालको लाश घरमा राखेको ।

लाश घरमा रहेका मृतक मध्ये निम्न लिखित को सनाखत भएको

  • जिल्ला दार्चुला मालिकार्जुन गा.पा. डाडाकोट बस्ने जगन्नाथ ओझा (शिक्षक)
  • जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी (दोगडाकेदार गा.पा. कर्मचारी )
  • जिल्ला दार्चुला खरकडा बस्ने तर्कराज गिरी
  • जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ बस्ने रण ब. चन्द(प्रहरी जवान)
  • जिल्ला कंचनपुर भिमदत्त न.पा. १० बस्ने बिज्ना देवी धामी
  • जिल्ला कैलाली ध.उ.न.पा. १४ फुलबारी बस्ने नरेन्द्र चौधरी
  • जिल्ला कैलाली ध.उ.न.पा. १४ आदर्श टोल बस्ने रिसी राम चौधरी

 घटनास्थलमा रहेको मृतक:-  १) जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने वर्ष २७ को करन सिंह ऐडी को उद्धार गरी पो.मा.को लागि जिल्ला अस्पताल बैतडी पठाएको ।

चर्चामा

सम्बन्धित समाचार