बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

  • बिहिबार, कार्तिक २७, २०७७
थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ८४ हजार ३ सय १७ पुगेको छ। हाल ९ सय ७४ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार