शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मेल्लेख गाउँपालिकाको अपाङ्गमैत्री बस सेवा सञ्चालनमा

मेल्लेख गाउँपालिकाको अपाङ्गमैत्री बस सेवा सञ्चालनमा

  • बिहिबार, कार्तिक २७, २०७७
मेल्लेख गाउँपालिकाको अपाङ्गमैत्री बस सेवा सञ्चालनमा

अछाम–अछामको मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा अपाङ्गमैत्री बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बुधवार देखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।
बस दैनिक मेल्लेखबाट साँफेबगर, बयलपाटा, जयगढ र मंगलसेनसम्म सञ्चालन हुने छ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकाबाट रुट प्रमिटका प्राप्त भएको गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले बताए । गाँउपालिका सबै वडामा सडक सञ्जालमा जोडिएको र सडक पनि ब्यबस्थित भएपछि बस सञ्चालनमा ल्याएको उनले वताए ।
स्थानिय जनतालाइ सहज होस भन्ने उद्देश्यले गाउँपालिकाको ७७ लाखमा दुई बस खरिद गरेको हो । ई–टिकट, सिसिटीभि क्यामेरा, जिपीएस सहित अपाङ्गमैत्री बस गाँउपालिकाले सञ्चालनमा ल्याएको हो । जिपमा ३ सय देखि ५ सय रुपैयाँ तिर्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय लालबहादुर चदाराले बताए । बसमा न्युनतम भाडा राखेको छ ।
लालबहादुरले भने, ’निकै सहज भएको छ, जीपले मनपरी चर्को भाडा लिन्थे । भनेको बेला गाडी पाइँदैन थियो । पालिकाले कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ ५ पैसा र पक्की सडकका ४ रुपैयाँ ५ पैसा निर्धारण गरेको छ ।’ एक बस ३० सिट क्षमताको रहेको छ । डेढ वर्ष पहिले अछामका स्थानीय तहरुमा पालिकासम्म बस पुर्याउने होडबाजी चलेपनि कसैले निरन्तरता दिन भने सकेका थिएनन् । निर्णय अन्य पालिकाले गरेको भएपनि सेवा सञ्चालन भने गर्न सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार