शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङ्ग जिल्ला कारागारबाट विप्लप समुहका धामी भागे

बझाङ्ग जिल्ला कारागारबाट विप्लप समुहका धामी भागे

  • बुधबार, कार्तिक २६, २०७७
बझाङ्ग जिल्ला कारागारबाट विप्लप समुहका धामी भागे

बझाङ– जिल्ला कारागार बझाङबाट एक जना भागेका छन् ।नेकपा विप्लह समूहमा आवद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन् । उनी बुधबार बिहान ६ बजेदेखि ६ः१५ बीचको समयमा सुरक्षाकर्मीले ड्यटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए ।

उनी छबिसपाथिभेरा वडा नम्बर ५ बासिन्दा हुन् । उनी गत कात्तिक १५ गते पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले उनको खोजी तिव्र बनाएको छ । #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार