शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • पुनर्वास नगरपालिकाकी वडा सदस्य सुनारको निधन

पुनर्वास नगरपालिकाकी वडा सदस्य सुनारको निधन

  • सोमवार, कार्तिक २४, २०७७
पुनर्वास नगरपालिकाकी वडा सदस्य सुनारको निधन

धनगढी : पुनर्वास नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित महिला वडा सदस्यको मृत्यु भएको छ ।

वडा सदस्य टीका देवी सूनारको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । किड्नी सम्बन्धी समस्याले ग्रसित उनको आइतबार दिउँसो ३ बजेतिरको समयमा घर लैजाने क्रममा मृत्यु भएको वडाका अध्यक्ष प्रेम बहादुर वस्नेतले बताए ।

वडाध्यक्ष वस्नेतका अनुसार वीर अस्पताल काठमाडौँबाट नियमित उपचार गराइरहेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार अस्पताल लगिएको थियो । डायलासिसका लागि भक्तपुर डायलासिस अस्पताल लगिएकी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

आईसीयूका लागि काठमाडौँ मेडिकल कलेज लगिएकामा उपचार सम्भव नभएको भन्दै फिर्ता पठाइएको थियो । त्यहाँबाट कोहलपुर अस्पतालमा पनि आईसीयू नपाई धनगढी ल्याइएको आफन्तले बताएका छन् । धनगढीको निसर्ग अस्पतालमा एकदिन मात्रै आईसीयूमा राखेर घर ल्याउने क्रममै उनको मृत्यु भएको वडाध्यक्ष वस्नेतले जानकारी दिए ।

वडा सदस्य सूनारका ११ र ८ वर्षीय २ छोरा छन् ।

चर्चामा

सम्बन्धित समाचार