बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा ३ जना जुवाडे पक्राउ

बझाङमा ३ जना जुवाडे पक्राउ

  • सोमवार, कार्तिक २४, २०७७
बझाङमा ३ जना जुवाडे पक्राउ

प्रताप ओली, बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडामा जुवातास खेलिरहेको अवस्थामा ३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २४ गते सोमबार बिहान १ बजेतिर जुवा खेलिरहेको अवस्थामा जयपृथ्वी नगरपालिका ७ का कृष्णबहादुर थापा, रामु खत्री र छबिसपाथिभेरा गाउँपालिका २ का सुशील कठायतलाई पक्राउ गरेको हो ।

उनीहरुको साथवाट ३७ हजार ६ सय ९० नगद रुपैँया बरामद गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कुखुरा फार्मभित्र जुवा खेलिरहेको अवस्थामा तीनै जनालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी जनाएको हो । पक्राउ परेका तीनै जनालाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार