शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद

  • आइतवार, कार्तिक २३, २०७७
कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद

धनगढी: सशत्र प्रहरी बलले कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बेलडाडी गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट प्रहरीले १ लाख ५२ हजार बराबरको भन्सार छलेर ल्याइएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक धनबहादुर चन्दको कमाण्डमा खटिएको मोबाइल टोलीले १ लाख बराबरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र मोटरसाइकलमा ल्याउदै गरेको ५२ हजार बरारबरको १३० किलो अवैध माछा बरामद गरेको हो ।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।

चर्चामा

सम्बन्धित समाचार