बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते

जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते

  • आइतवार, कार्तिक २३, २०७७
जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते जीप दुर्घटनामा बैतडीमा एकको मृत्युु, एक घाइते

धनगढीः जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार राति पौने ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी अन्दाजी ३३ वर्षीय बीरबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । मृतक जीप साहुका भाई रहेको प्रहरीले बताएको छ ।

यस्तै दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटका जीप चालक दीपक चन्द समान्य घाइते भएका छन् । उक्त जीपमा दुई जना मात्रै सवार थिए ।

प्रहरीका अनुसार जीप सडकबाट ४० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पातल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार