शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि

  • शुक्रबार, कार्तिक २१, २०७७
सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि

कैलालीका ७४ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २/२ जना, ठेगना नखुलेका १ जना, कञ्चनपुरको वेदकोट नगरपालिकाका ९ जना, बेलौरीका २ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

कञ्चनपुरकै भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका १/१ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १/१ जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार