शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका कानून मन्त्रीलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लगिदै

सुदूरपश्चिमका कानून मन्त्रीलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लगिदै

  • शुक्रबार, कार्तिक २१, २०७७
सुदूरपश्चिमका कानून मन्त्रीलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लगिदै

धनगढीः  सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भएको उनको नीजि सचिवालयले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि आज दिउँसो हेलीकोप्टर मार्फत काठमाडौँ लगिने  जानकारी दिए ।

हेलीकोप्टरको व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको बिकले बताए । होम आइसोलेसनमै बसिररहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि बीहिबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्य अवस्था सुधार नभएपछि उनलाई काठमाडौँ लैजान लागिएको हो ।

मन्त्रीकी पत्नीलाई पनि कोरोना पुष्टि भएको थियो । उनको अवस्था भने सामान्य छ ।

चर्चामा

सम्बन्धित समाचार