मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनी भत्काउँदै

धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनी भत्काउँदै

  • बिहिबार, कार्तिक २०, २०७७
धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनी भत्काउँदै

धनगढीः  धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनीले भत्काउन थालेका छन् ।

धनगढी उप–महानगरपालिकामा संघीय सरकारको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना धरधनीले स्वस्र्फुत रुपमा भत्काउन थालेका हुन् ।

क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने गुल्म चर्च सडक र शहीदगेट–क्याम्पस रोड सडकमा पर्ने संरचनाहरु स्थानीयले भत्काउन थालेका छन् ।

बुधबारदेखि उनीहरुले संरचना भत्काउन थालेको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशिला मिश्रभट्ट लगायतका जनप्रतिनिधिले सडकको क्षेत्राधिकार भित्र पर्ने संचरना भत्काएर विकासको काममा सहयोग गर्ने नगरबासीलाई धन्यवाद समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार