शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • धनगढी प्रहरी हत्याकाण्ड : मटर तस्करी गराउने धनगढीकै व्यापारी पक्राउ

धनगढी प्रहरी हत्याकाण्ड : मटर तस्करी गराउने धनगढीकै व्यापारी पक्राउ

  • बुधबार, कार्तिक १९, २०७७
धनगढी प्रहरी हत्याकाण्ड : मटर तस्करी गराउने धनगढीकै व्यापारी पक्राउ

धनगढी– धनगढीमा प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीकै  १ व्यापारीलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक  गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ताको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले गुप्तालाई मंगलबार पक्राउ गरिएको दिनेश खबरलाई बताए । प्रहरीको हत्या भएको राती जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिहले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गत कार्तिक  १ गते राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको विभत्स हत्या गरिएको थियो ।

दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट मटर तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो भने हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पक्राउ गरी अनुसन्धान भईरहेको जनाएको छ ।

१ जना अझै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु तस्करीको मटर रोक्न खोजेपछि प्रहरीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले बताउँदै आएको छ । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार