शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • १३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित

१३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित

  • मङ्लबार, कार्तिक १८, २०७७
१३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित

देशभर हाल १३ वटा जिल्लामा पाँच सयभन्दा बढी कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुर सहित १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौं छ। काठमाडौंमा मात्र १६ हजार २ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। मोरङमा २ हजार ८ सय ९६, ललितपुरमा २ हजार ३ सय ४२, सुनसरीमा २ हजार २५, चितवनमा १ हजार २ सय ४६, रुपन्देहीमा १ हजार २ सय ३७, भक्तपुरमा १ हजार हजार जना सक्रिय संक्रमित छन्।

यस्तै, झापामा ९ सय ३८, काभ्रेपलाञ्चोकमा ५ सय ३८, मकवानपुरमा ७ सय ५९, नवलपरासी पूर्वमा ५ सय, कास्कीमा १ हजार ८३ र दाङमा ६ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार