शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

  • शनिबार, कार्तिक १५, २०७७
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ५ सय ८ भेटिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३ सय ४३ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार