बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • यी हुन् २ लाख ५१ हजार सहित पक्राउ परेका जुवाडे

यी हुन् २ लाख ५१ हजार सहित पक्राउ परेका जुवाडे

  • शनिबार, कार्तिक १५, २०७७
यी हुन्  २ लाख ५१ हजार सहित पक्राउ परेका जुवाडे

प्रहरीले कैलालीको जोशीपुरबाट २ लाख ५१ हजार नगद सहित पक्राउ परेका २९ जना जुवाडेको नाम सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट  ३८ वर्षीय पदमबहादुर साउद सहितका २९ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका २ का ५३ वर्षीय बिरराम डंगौरा, सोही ठाउँका ४६ वर्षीय चक्र बहादुर बिष्ट, वडा नम्बर ४ का ३५ वर्षीय चन्द्र प्रकाश चौधरी, वडा नम्बर १ बस्ने ४० वर्षीय प्रेम सिंह बम, वडा नम्बर २ का ३५ वर्षीय दिपेन्द्र मौनी, २१ वर्षीय सागर चौधरी, ४९ वर्षीय बिनोद कुमार के।सी, ४९ वर्षीय ज्ञान बहादुर बम, ३८ वर्षीय राम अवतार चौधरी रहेका छन् ।

यस्तै ३२ वर्षीय गंगालाल चौधरी, ३० वर्षीय बरातीलाल डंगौरा, ३४ वर्षीय राम बहादुर साउद, ४३ वर्षीय जंजीर चौधरी, ३० वर्षीय संजय चौधरी, २६ वर्षीय अर्जुन चौधरी, ४३ वर्षीय ठग्गु प्रसाद डंगौरा, ३५ वर्षीय तारा हमाल, ३५ वर्षीय यज्ञ बहादुर बिष्ट, ४२ वर्षीय दिर्घराज जोशी, ३५ वर्षीय देवराज उपाध्याय, २८ वर्षीय, बिमल कुमार चौधरी, १५ वर्षीय सुदन साउद, २९ वर्षीय टेत राम चौधरी, ३८ वर्षीय  सन्तोष हमाल, ४० वर्षीय शिवराज बिनाडी, ३९ वर्षीय प्रकाश कोटकेनी, ३९ वर्षीय भिमबहादुर बम र भजनी नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय बिनायक चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार