शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए

२४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए

६६ जना कोरोना संक्रमितको भेन्टिलेटर र २७७ जनालाई आईसीयूमा राखेर उपचार हुँदै

  • आइतवार, कार्तिक ९, २०७७
२४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८५६ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३३६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ११ हजार ६७० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९३ हजार १७३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ९७९ जना र होम आइसोलेसनमा ३२ हजार ५९३ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ३२२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार