शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दशैंमा पनि धनगढी बसपार्क सुनसान

दशैंमा पनि धनगढी बसपार्क सुनसान

  • आइतवार, कार्तिक ९, २०७७
दशैंमा पनि धनगढी बसपार्क सुनसान

धनगढी : दशैंको दुई दिन अगाडदेखि नै धनगढी बसपार्क सुनसान भएको छ। विगतमा दशैंको दिनमा समेत आवातजावात गर्नेहरुको भिडभाड लाग्न्े गरेको थियो। यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण यात्रुहरु नहुदा बसपार्क क्षेत्र सुनसान भएको हो।

सार्वजनिक यातायातमा कोरोना सङ्क्रमणको जोखिम हुने भएका कारण पनि चहलपहल नदेखिएको हो। दशैँको टीका थाप्ने दशमी आउन एक दिनमात्र बाँकी हुँदा पनि बसपार्क सुनसान बनेको छ। यसअघिका दशैँमा टिकट काट्नकै लागि लामो लाइन लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार