शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • दशै सँगै कोरोना बाट पनि शुरक्षित बनौ : सासंद रेग्मि

दशै सँगै कोरोना बाट पनि शुरक्षित बनौ : सासंद रेग्मि

  • शुक्रबार, कार्तिक ७, २०७७
दशै सँगै कोरोना बाट पनि शुरक्षित बनौ : सासंद रेग्मि

बाजुरा–शुरक्षित दशै मनाउन र कोरोना बाट पनि शुरक्षित बन्न प्रदेश सासंद बल्देश रेग्मिले आग्रह गरेका छन् । बडिमालिका खबरको कुराकानीमा रेग्मिले भने अहिले बिश्व नै कोरोना बाट त्रसित र संकट परिरहेको बेला दशै मनाउनुका साथै कोरोना बाट बिशेष बच्न आग्रह गरेका छन् ।
सासंद रेग्मिले दशैको शुभकामना दिदै यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । त्यो सँगै यो संकटमा बिशेष सुरक्षित रहन आग्रह गरेका छन् ।
दशै केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ, सासंद रेग्मिले थपे ।
केही समय देखी बाजुराको प्रदेश क अर्थात आफ्नै निर्वाचन क्षेत्रमा रहेका रेग्मिले जनता सँग घरदैलो सँगै कोरोना बाट बच्न सन्देश दिइरहेका छन् । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं ।
यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं, यसमा बिशेष ख्याल गरेर मनाउनु पर्ने वताए । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्न आग्रह गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा सासंद रेग्मिले वताए ।

चर्चामा

सम्बन्धित समाचार