शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

  • बुधबार, कार्तिक ५, २०७७
प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ । साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।

प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आइतबार बिहानै शव भेटिएको थियो ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । उनीहरु मध्ये ७ जनाले अपराध स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो भने १ जनालाई बुधबार पक्राउ गरिएको छ । केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार