शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गरियो

धनगढीमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गरियो

  • मङ्लबार, कार्तिक ४, २०७७
धनगढीमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गरियो

धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। उनको शव गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो। गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ।

दार्चुलाको दुहु गाउँपालिका–२ का अन्जाजी ५२ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको थियो। १४ दिनअघि संक्रमण पुष्टि भएका पुरुष माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले बताए।  उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुष उपचारका लागि धनगढी आएका थिए।

चर्चामा

सम्बन्धित समाचार