बिहिबार, कार्तिक ६, २०७७
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढीमा कोरोना संक्रमितको मृत्यु

  • आइतवार, कार्तिक २, २०७७
धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार असोज १७ गते कोरोना पुष्टि भएका क्यान्सर पीडित पुरुषको आज बिहान मृत्यु भएको हो । उपचारका लागि चितवन मेडिकल कलेज लगिएका उनलाइ भर्ना नलिएपछि धनगढी फिर्ता लिइएको थियो ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार