शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • पर्साको वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

पर्साको वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

  • शनिबार, कार्तिक १, २०७७
पर्साको वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो ।

चर्चामा

सम्बन्धित समाचार