शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ३६,३६७ पुग्यो

नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ३६,३६७ पुग्यो

  • बुधबार, अशोज २८, २०७७
नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ३६,३६७ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार