शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङमा मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने

  • आइतवार, अशोज २५, २०७७
बझाङमा मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङ — सुदुरपच्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा असोज २७ गते मंगलबार बाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । समिट एयरले प्रत्येक साता जिल्लामा दुई दिन मंगलबार र शुक्रबार नियमित उडान गर्ने तयारी थालेको जनाएकाे छ।
समिट एयरले धनगढी देखि बझाङ, बझाङ देखि धनगढी को भाडादर ५ हजार ४८ रुपियाँ कायम गरि नियमित उडान गर्ने जनाएकाे छ । नियमित उडान तालिका सार्वजनिक गरेपश्चात जिल्लाबासीहरुमा खुसी छाएको स्थानियले  बताए ।
नागरिक उड्ययन प्राधिकरणले नै समिट एयरलाई भाडादर तोकि दिएको जनाएको छ । असोज २७ गते मंगलबारबाट नै नियमित उडान थाल्ने समिट एयरका पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले बताए ।  समिट एयरले असोज १७ गते सुदुरपश्चिमका ३ जिल्ला बझाङ,डोटी र बैतडीमा परिक्षण उडान गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार